Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना कहर: चितवनमा थप ११ जनाको मृत्यु


    सोमबार, जेष्ठ ३ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । चितवनकाे भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत ११ सङ्क्रमितको मृत्यु भएको छ ।

    चितवन मेडिकल कलेजमा उपचाररत चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    अस्पतालका अनुसार मृत्यु हुनेमा गुल्मीको तम्घास नगरपालिका–९ का ५० वर्षीय पुरुष रहेका छन्  ।

    यस्तै जिल्लाको खैरहनी नगरपालिका–९ की ५४ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । 

    रुपन्देहीको सियारी गाउँपालिका–४ की ३४ वर्षीया महिलाको मृत्यु भएको छ । 

    यस्तै भैरहवा नगरपालिका–८ का ५० वर्षीय पुरुषको आइतबार साँझ कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । 

    पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पूर्वी चितवनको राप्ती नगरपालिकाका एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती–१ का ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।।

    बाराको निजगढ नगरपालिका-९ का ३२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । 

    यस्तै अर्घखाँचीको भूमिकास्थान नगरपालिका–९ का ३० वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

    कपिलवस्तुका कोरोना सङ्क्रमितको सोही कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । शिवराज नगरपालिका–५ का ३५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । 

    विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा दुई सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ बस्ने ४० वर्षीय पुरुष रहेका छन् । 

    सोही अस्पतालमा उपचारका क्रममा रुपन्देहीको कालिका नगरपालिकाका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । कालिका–१० का ४९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । 

    भरतपुर अस्पतालमा उपचारका क्रममा माडी नगरपालिका-५ का ६० वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार