Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाविरूद्ध दोस्रो डोजको भेरोसेल खोप लगाउन यी ठाउँमा जानुहाेस्


    सोमबार, जेष्ठ ३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडाैं । बागमती प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरसविरूद्ध दोस्रो डोजको भेरोसेल खोप आफूलाई पायक पर्ने नजिकका केन्द्रमा गएर खोप लगाउन भनेको छ।

    आइतबारदेखि लगाउन सुरू गरेको दोस्रो डोजको खाेप लगाउन पहिलो डोज खोप लगाएको कार्ड साथै लिएर जानुपर्नेछ। 

    गत चैत २५, २६, २७ र २८ गते भेरोसेलको पहिलो खोप लगाएकाहरूले जेठ २ मा खोप लगाइसकेका छन्।

    चैत २९ र ३० गते खोप लगाएकाले आज खोप लगाउनुपर्नेछ।

    चैत ३१ र वैशाख २ मा खोप लगाएकोले जेठ ४ गते मंगलबार खोप लगाउनुपर्नेछ भने गत वैशाख ३ र ४ मा खोप लगाएकोले जेठ ५ मा खोप लगाउनुपर्ने सूचनामा उल्लेख छ।

    वैशाख ५ र ६ मा खोप लगाएकाले जेठ ६ गते खोप लगाउनुपर्नेछ। साथै वैशाख ७, ८, ९ र १० गते खोप लगाएकाहरूले जेठ ७ गते खोप लगाउनुपर्छ।

    गत वैशाख ११ र १२ गते खोप लगाएकाले जेठ ८ गते, वैशाख १३ मा खोप लगाएकोले जेठ ९ गते र वैशाख १४ मा खोप लगाएकोले जेठ १० गते तथा वैशाख १५ मा खोप लगाएकोले जेठ ११ गते दोस्रो खोप लगाउनुपर्छ।

    खोप केन्द्रमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सकिनेछ।

    यी हुन् काठमाडौं महानगरका खोप केन्द्र:

    वडा नम्बर १ मा नन्दीरात्री स्कूल नक्साल।

    वडा नम्बर २ मा वडा कार्यालय लाजिम्पाट

    वडा नम्बर ३ मा वडा कार्यालय महाराजगञ्ज

    वडा नम्बर ४ मा विशाल मिलन केन्द्र चन्डोल

    वड नम्बर ५ मा वडा कार्यालय हाँडीगाउँ

    वड नम्बर ६ मा महेन्द्रबौद्ध उच्चमाध्यमिक विद्यालय बौद्ध

    वडा नम्बर ७ मा यूरो किगडम रातोपुल

    वडा नम्बर ८ मा वडा कार्यालय जयवागेश्वरी

    वडा नम्बर ९ मा गुहेश्वरी मावि गुहेश्वरी

    वडा नम्बर १० मा डोनाल्ड रेष्टुरेन्ट वानेश्वर

    वडा नम्बर ११ मा विश्वनिकेतन स्कूल त्रिपुरेश्वर

    वडा नम्बर १२ मा बुद्धमाई सेन्टर टेकु

    वडा नम्बर १३ मा जनप्रभात मावि कालिमाटी

    वडा नम्बर १४ मा वडा कार्यालय कुलेश्वर

    वडा नम्बर १५ मा भुईंखेल चौर स्वयम्भू

    वडा नम्बर १६ मा जुडोहल नयाँबजार

    वडा नम्बर १७ मा पब्लिक युथ क्याम्पस खुसिबु

    वडा नम्बर १८ मा पुष्पलालपार्क नरदेवी

    वडा नम्बर १९ मा शहरी स्वास्थ्य क्लिनिक वडा परिसर ककेधोरी

    वडा नम्बर २० मा शान्ति निकुञ्ज स्कूल भीमसेनस्थान

    वडा नम्बर २१ मा शहरी स्वास्थ्य क्लिनिक यांगाल

    वडा नम्बर २२ मा टेबहाल वडा कार्यालय

    वडा नम्बर २३ मा नवआदर्श स्कूल बसन्तपुर

    वडा नम्बर २४ मा इतुमबहाल तारणी बहाल

    वडा नम्बर २५ मा कन्यामन्दिर स्कूल नघल

    वडा नम्बर २६ मा वडा कार्यालय परिसर लैनचौर

    वडा नम्बर २७ मा महाबौद्ध चोक

    वडा नम्बर २८ मा वडा कार्यालय बागबजार

    वडा नम्बर २९ मा विजयस्मारक स्कूल डिल्लीबजार

    वडा नम्बर ३० मा ज्ञानेश्वर चोक

    वडा नम्बर ३१ मा भिमसेनगोला स्कूल भिमसेनगोला

    वडा नम्बर ३२ मा वडा कार्यालय जडिबुटी

    साथै महाराजगञ्ज मेडिकल क्याम्पस महाराजगञ्ज।

    कीर्तिपुर नगरपालिका भित्रका खोप केन्द्र:

    कीर्तिपुर कभर्ड हल नयाँबजार गेट

    राराहिल मेमोरियल स्कूल चुगाउँ कीर्तिपुर

    बुढानिलकण्ठ नगरपालिकाका खोप केन्द्र:

    गणेश मावि गणेशचोक

    बालउदार मावि कपन १०

    गोकर्णेश्वर नगरपालिका खोप केन्द्र:

    नेपाल मेडिकल कलेज शिक्षण अस्पताल

    चामुन्डा मावि नारायणटार

    टोखा नगरपालिका खोप केन्द्र:

    ग्रान्डी फुटसल ग्रान्डी अस्पतालअगाडि

    मनोहर मावि गोंगबु चोक

    नागार्जुन नगरपालिका खोप केन्द्र:

    रामकोट प्राथमिक स्वास्थ्य केन्द्र रामकोट

    इचंगुनारायण स्वास्थ्य चौकी इचंगुनारायण

    कागेश्वरी मनोहरा नगरपालिका खोप केन्द्र:

    गोठाटार स्वास्थ्य चौकी गोठाटार

    चन्द्रागिरि नगरपालिका खोप केन्द्र:

    गणेशथान मन्दिर थानकोट

    मंगल मावि नयाँ नैकाप

    सामुदायिक भवन सतुंगल

    तारकेश्वर नगरपालिका खोप केन्द्र:

    मनमैजु स्वास्थ्य चौकी मनमैजु

    शंखरापुर नगरपालिका खोप केन्द्र:

    इन्द्रायणी प्रस्तावित अस्पताल इन्द्रायणी

    दक्षिणकाली नगरपालिका खोप केन्द्र:

    शेषनारायण स्वास्थ्य चौकी, दक्षिणकाली।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार