एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड र एट्लेटिको मड्रिडले साँघुरो जित निकालेका छन्।
आइतबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई बिल्बाओकै मैदानमा १-० गोल अन्तरले पराजित गरेको हो ।
रियललाई जित दिलाउन नाचो फेर्नान्डेजले ६८ औँ मिनटमा एक मात्र निर्णायक गोल गरे ।
जितसँगै रियलले ३७ खेलमा ८१ अंक जोडेको छ ।
यस जितसँगै दोस्रो स्थानको रियलले उपाधि जित्ने सम्भावना कायम राखेको छ ।
यस्तै, गएराती भएको अर्को खेलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले पुनरागमन जित निकालेको छ । एट्लेटिकोले ओसासुनालाई २(१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ७५ औं मिनेटमाएन्ट बुदिमिरले गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए । तर, खेलको ८२ औं मिनेटमा रिनन लोडीले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए । त्यसपछि खेलको ८८ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।
जितसँगै एट्लेटिकोले ३७ खेलमा ८३ अंक जोडेको छ । र, एट्लेटिले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ।
अब प्रतियोगितामा एक मात्र खेल खेल्न बाँकी रहेको छ।