Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ला लिगा : बार्सिलोनाकाे उपाधि यात्रामा पूर्णबिराम


    सोमबार, जेष्ठ ३ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । स्पेनिस फुटबल ला लिगा अन्तर्गत बार्सिलोना उपाधि होडबाट बाहिरिएको छ ।

    आईतबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा सेल्टा डी भिगोसंग २-१ले पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो ।

    बार्सिलोनाले खेलको २८ औं मिनेटमा लियोनल मेस्सीको गोलमार्फत लिएको थियो ।

    त्यसको १० मिनेटमा सेल्टा डी भिगोले बराबरी गोल फर्कायो । सान्टी मिनाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । 

    खेल सकिन एक मिनेट बाँकी छदाँ उनै मिनाले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई जित दिलाए ।

    सेल्टा भिगोसँगको हारसँगै बार्सिलोनाको उपाधि यात्रामा पूर्णविराम लागेको छ । उपाधि होडमा रहन बार्सिलोनालाई कम्तिमा जित आवश्यक थियो ।

    लिगमा अब बार्सिलोनाले मात्र एक खेल खेल्न बाँकी छ । बासिलोना ७६ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

    दोस्रो स्थानको रियल ८१ अंक सहित दोस्रो र एट्लेटिको मड्रिड ८३ अंक सहित शीर्ष स्थानमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार