Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टी पुनर्संरचनाको संकेत गर्दै प्रचण्डले मागे सल्लाह-सुझाव


    सोमबार, जेष्ठ ३ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष  पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्संरचनाको संकेत गरेको उल्लेख गरेका छन् । 

    आइतबार अध्यक्ष प्रचण्डले सञ्जाल फेसबुकमार्फत् आगामी दिनमा पार्टीको राजनीतिक एव‌ संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको उल्लेख गरेका हुन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पार्टी कस्तो बनाउने भन्ने बारेमा इमेल मार्फत् सुझाव दिन आग्रह समेत गरेका छन् । 

    उनले फेसबुकमा लेखेका छन् ‘हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपॉग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार