Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एन्फाले बोलायो बन्द प्रशिक्षणका लागि ३२ खेलाडी (नामावलीसहित)


    सोमबार, जेष्ठ ३ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षणका लागि खेलाडी छनोट गरेका हुन्। 

    नेपाल सुपर लिग सकिएको भोलिपल्ट हिजो आइतबार  प्रशिक्षक अब्दुल्लाहले खेलाडीको नयाँ सूची सार्वजनिक गरेका छन् । आगामी महिना इराकसँग हुने मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट खेलका लागि नेपाली टोलीले बुधबारदेखि प्रशिक्षण थाल्ने एन्फाले जनाएको छ । नेपालले इराकसँगको मैत्रीपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि खेल्नेछ । छनोटमा नेपालले अष्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेहसँग प्रतिस्पर्धा गर्नेछ । 

    बन्द प्रशिक्षणमा समावेश गरिएका खेलाडीमध्ये 
    गोलरक्षकमा 
    किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की
    डिफेन्डरमा  
    रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, रजिन धिमाल, गौतम श्रेष्ठ, निशान खड्का, अमित तामाङ, सुमन अर्याल र विकास खवास 
    मिडफिल्डरमा 
    विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, नितिन थापा, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुमन लामा, सुनिल बल, सुरज ठकुरी, पुजन उपरकोटी, आयुष घलान, विवेक बस्नेत र रवि पासवान 
    फरवार्डमा 
    भरत खवास, अभिषेक रिजाल, अञ्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ र आशिष लामा 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार