Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस नेता खाँणले स्वास्थ्यमन्त्री त्रिपाठीलाई फोन गर्दै भने – खोपबाट वञ्चित हुने अवस्था नआओस्


    सोमबार, जेष्ठ ३ २०७८
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसले कोही पनि नेपाली नागरिक कोरोनाविरुद्धको खोपबाट वञ्चित हुने अवस्था नआउन सरकारले यथाशीघ्र आवश्यक आयात गरी समयमा नै दिने व्यवस्था गर्न माग गरेको छ । 

    कांग्रेसले ज्येष्ठ नागरिकलाई पहिलो खोप दिइए पनि हालसम्म दोस्रो मात्र दिन बाँकी रहेकाले यथाशक्य चाँडो दिने व्यवस्था गर्न पनि माग गरेको छ । 

    आइतबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई टेलिफोन गरी सो विषय र कोभिड–१९ रोकथाम, न्यूनीकरण तथा उपचारका सन्दर्भमा ध्यानाकर्षण गराएका थिए। 

    खाँणले  तत्काल अक्सिजन सिलिण्डर आयात गर्नेदेखि  उत्पादक कम्पनीलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्नसमेत अनुरोध गर्नुभएको कांग्रेस संसदीय कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार