Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दिल्लीमा थप एक हप्ता लकडाउन, मुख्यमन्त्री भन्छन् – सङ्क्रमण नियन्त्रण सहज बन्दै छ


    सोमबार, जेष्ठ ३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा बन्दाबन्दीको कारण सङ्क्रमण नियन्त्रणका लागि सहज बन्दै गएको मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार बताएका छन्। 

    राज्य सरकारले केन्द्रको समन्वयमा लकडाउन पुनः एक हप्ताका लागि बढाएको छ । मुख्यमन्त्री केजरीवालले लकडाउन थप एक साता बढाउने निर्णय भएको पुष्टि गर्दै भने, ‘लकडाउन पहिले सङ्क्रमण दर ३५ प्रतिशतको हाराहारीमा रहेकोमा यसमा उल्लेख्य कमी आएको छ ।’ आइतबार संघीय मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार दिल्लीको सङ्क्रमण दर १०.४० मा झरेको छ । 

    दिल्लीमा जारी लकडाउन सोमबारदेखि थप एक हप्ता अर्थात् मे २४ सम्म लम्ब्याइएको छ । 

    मुख्यमन्त्री केजरीवालले कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएको भन्दै केन्द्र सरकारलाई पत्राचारसमेत गरेको बताएका छन्  । खोपको अभाब नभएमा आगामी तीन महिनाभित्र सबैलाई पहिलो चरणको खोप लगाइसकिने पनि उनले बताए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार