Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • महिना दिन नबित्दै फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य


    सोमबार, जेष्ठ ३ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको महामारीमा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । यसअघि निगमले गत बैशाख ४ गते पनि पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो। 

    निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

    जसअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानको मूल्य प्रतिलिटर ७८ कायम भएको छ । 

    निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने यथावत् रहेको बताएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार