Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महानगरभित्रका विद्यालयले जेठ २० भित्र परीक्षा लिइसक्नुपर्ने


    आइतबार, जेष्ठ २ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरभित्रका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने भएकाे छ।

    उपयुक्त मूल्यांकन प्रणाली अपनाएर वार्षिक परीक्षा लिन महानगरको शिक्षा विभागले निर्देशन दिएको हो।

    अनलाइन/अफलाइन/टेलिफोन/इमेलबाट प्रश्न पठाएरलगायत विद्यालय अनुकूल हुने गरी परीक्षा गर्न महानगरले भनेको छ।

    जेठ २० भित्र परीक्षा सकेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न महानगरले आग्रह गरेको हो।

    महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आज सूचना निकालेर कक्षा ८ को नगरस्तरीय परीक्षाका सम्बन्धमा यथाशीघ्र सूचना गरिने बताएका छन्।

    notice-exam-001.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार