Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाको ‘हटस्पट’ बन्दै वीरगन्ज, थप १६ संक्रमितको मृत्यु


    आइतबार, जेष्ठ २ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । 

    नारायणी अस्पतालमा १० जना, वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटल, नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पताल र होम आइसोलेसनमा १/१ जनाको मृत्यु भएको हो ।

    मृतक मध्ये पर्साका ६, बाराका ७, रौतहट र सर्लाहीका १/१ जना र एकजना भारतीय नागरिक पनि छन् ।
    नारायणी अस्पतालमा मात्रै १० जनाको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

    सर्लाहीको बरहथवा नगरपालिका –५ की ४७ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको छ । वैशाख २१ अस्पतालमा भर्ना भएकी उनको सोही दिन गरिएको एन्टिजीन परीक्षण पोजेटिभ आएको थियो । उपचारको क्रममा आइतबार बिहान साढे ५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार