विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा उपचाररत विभिन्न अस्पतालमा १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १२ जनाको मृत्यु भएको हो ।
नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका-१ की ६४ वर्षीया वृद्धा महिलाको बिहान १ बजे मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय पुरुषको राति ११:३० बजे मृत्यु भएको छ ।
उदयपुरको बेलटारका ५६ वर्षीय पुरुषको राति १०:५६ बजेतिर नोबेलमै मृत्यु भएको हो । विराटनगर–४ का ५२ वर्षीय पुरुषको राति १०:२५ बजेतिर मृत्यु भएको हो ।
सुन्दरहरैँचा नगरपालिका–९ का ६० वर्षीया वृद्धा महिलाको शनिबार दिउँसो ४:१५ बजेतिर मृत्यु भएको हो ।
सिरहाका ६९ वर्षीय पुरुषको दिउँसो ४:३० बजे मृत्यु भएको छ । सिराहकै ६२ वर्षीय वृद्ध पुरुषलाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो । सङ्क्रमित वृद्धको शनिबार दिउँसो ३:१५ बजे मृत्यु भएको हो ।
यस्तै कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका-३ का ५३ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ ।
विराटनगर-१ की ३४ वर्षीया महिलाको पनि राति नै मृत्यु भएको छ । विराटनगर-१४ का ६८ वर्षीय वृद्ध पुरुषको शनिबार राति मृत्यु भएको हो ।
यस्तै विराट मेडिकल कलेजमा दुई सङ्क्रमितको मृत्यु भएको छ । इलामको इलाम नगरपालिका-८ का ३४ वर्षीय पुरुषको आइतबार बिहान ४ बजे मृत्यु भएको छ ।
यस्तै कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका पुरुषलाई उपचारका लागि वैशाख २८ गते अस्पताल भर्ना गरिएको थियो । सर्लाही लालबन्दीकी ३५ वर्षीया महिलाको विराटमै शनिबार राति १०:२० बजे मृत्यु भएको हो ।