Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तातोपानी नाका आइपुगे १८ हजार अक्सिजनका खाली सिलिन्डर


    आइतबार, जेष्ठ २ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पु¥याएको छ ।

    स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । 

    उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए । 

    उनका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ ।
        
    सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ । 

    यस्तै आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ । 

    शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो । शनिबार मात्र ओमानबाट गैरआवासीय नेपाली सङ्घका सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो । 

    कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार