काठमाडौँ। कोरोना भाइरस संक्रमणका कारण एक जना कराते खेलाडीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषा जिल्ला जनकपुरधाम उपमहानगर–१९ का ४० वर्षीय बैजनाथ यादव रहेका छन्।
यादवको शनिबार राति उपचारको क्रममा काठमाडौँको वीर अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।
स्रोतका अनुसार केही दिन अघि संक्रमण पुष्टि भएपछि खेलाडी यादव काठमाडौं आएर वीर अस्पतालमा भर्ना भएका थिए ।
यादव नेपाल क्युकोशिन कान कराते संघ प्रदेश २ का अध्यक्ष समेत रहेका थिए ।