Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीरगञ्जमा कोरोनाको भयावह, पछिल्लो २४ घण्टामा मात्रै १३ जनाको मृत्यु


    आइतबार, जेष्ठ २ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा । जिल्लामा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।

    हिजो बिहानदेखि आज बिहानसम्मको रिपोर्ट अनुसार वीरगञ्जका विभिन्न अस्पतालमा सो संख्यामा संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पतालले जनाएका छन् ।

    मृत्यु हुनेमध्ये नारायणी अस्पतालमा मात्रै ८ जना रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बताए । 

    यस्तै, वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटल र नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

    मृतकमध्ये पर्साका ४, बाराका ७, रौतहटका १ र एक जना भारतीय नागरिक पनि छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार