Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाले छिमेकीका घर पनि बिरानो लाग्दैछ


    शनिबार, जेष्ठ १ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • फुङ्लिङ। वल्लो पल्लो घर पालो पैंचो गर्ने, पसलमा गएर सरसामान किन्ने र घाँस दाउरा, मेलापात गदै आएका मेरिङदेन गाउँपालिका—४ का ५४ वर्षीय जनार्दन प्रसाई घर बाहिर नकिस्किएको दुई साता भयो । उहाँ मात्र होइन प्राय ताप्लेजुङको सबै गाउँमा मानिसहरु घरभित्रै बस्न थालेको छन् ।

    मेरिङदेन गाउँपालिका—६ की विमना लिम्बु दुई हप्तादेखि छिमेकीको घरमा जानु भएकी छैन् । छिमेकीसँग भेटघाट पनि गरेको छैन । फुङ्लिङ नगरपालिका—७ बिहिवारे निवासी जितेन चेम्बजोङले भन्नुभयो “टोलबाट बाहिर गएर फेरी फर्केर आउन पाइँदैन । टोलको नियम कडा छ ।” आफ्नो गाउँमा कोभिड—१९ संक्रमण फैलिन नदिनका लागि कडा नियम बनाएको चेम्जोङले बताउनुभयो । घरमा कोही छन् भन्ने भेउ बिहान धुरीबाट निस्केको धूवाँले पाइन्छ ।

    नत्र गाउँमा सन्नाटा छाएको छ । उराठलाग्दो देखिएको छ । बारीमा मकै हरियो देखिन्छ । बारिका गन्लाहरुमा घाँसको बालुवा पलाउँन थालेको छ । गाउँ सुनसान भए पछि चराचुरुङ्गीहरु घर नजिक—नजिक आउँन थालेको छ । चराहरुको आवाजले एक प्रकारको संगीतमय बन्दै गएको छ ।

    पहिलो चरणको कोभिड—१९ को संक्रमण फैलिन्दा सहर भन्दा गाउँ धेरै सुरक्षित मनिएको थियो । तर दोस्रो चरणको कोभिड—१९को लहरमा गाउँ पनि असुरक्षित हुर्दै आएको मेरिङदेन गाउँपालिका—२ का स्थानीय मेघराज लिम्बुले बताउनुभयो । उहाँले भन्नु भयो “गाउँमा महामारी फैलियो भने बजारको जस्तो अस्पतालको सुविधा छैन । त्यसैले समयमै सुरक्षित रहनु पर्दछ ।” ताप्लेजुङमा नौ स्थानीय तह मध्ये ७ स्थानीय तहमा कोभिड—१९ संक्रमण फैलिएको छ ।

    गाउँ—गाउँमा कोभिड संक्रमितहरु छन् । गाउँमा विरामी भए अस्पताल, यातायात, बाटोको सहज नभएको पाथीभराङवरका गाउँपालिका—६ की चित्रा कुमार लिम्बुले बताउनुभयो । उहाँले भन्नु भयो “बरु केही समय घर भित्र बस्नु को विकल्प छैन् ।” प्रत्येक स्थानीय तहरुले एक गाउँ देखि अर्को गाउँ आउँ जाउँ नगर्न सार्वजनिक सूचनाहरु विभिन्न संञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गर्दै आएको छ ।

    जिल्ला अस्पताल ताप्लेजुङको तथ्यांक अनुसार जिल्लामा शनिबार सम्म सक्रिय संक्रमित २७१ छन् । मेरिङदेन गाउँपालिमा १२ जान सक्रिय सक्रमित रहेको जिल्ला कोभिड—१९ जिल्ला फोकल परसन तथा जिल्ला जनस्वास्थ अधिकृत प्रतिमा खरेलले बताउनुभयो । आठराइत्रिवेणी गाउँपालिकामा ८ सिरिजंघा गाउँपालिकामा ११ पाथीभरायाङवरक गाउँपालिकाम ४ जान र फुङ्लिङ नगरपालिकामा २०३ जना सक्रिया संक्रमित रहेको खरेलले बताउनुभयो ।

    मेरिङदेन गाउँपलिकाका प्रवक्ता सूर्यमान बराइलीले भन्नुभयो ‘‘अहिले सहज वातावरण छैन । कोरोना सर्ने डर उत्तिकै छ । पोहोरको जस्तो होइन ।” रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार