काठमाडौं । बितेको २४ घण्टामा आठ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यस्तै, कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ ।
शुक्रबारको तुलनामा शनिबार मृत्यु हुने र कोरोना संक्रमितको संख्या घटेको देखिन्छ।
हिजो शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार आज शनिबार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ भने कुल संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ ।
हालसम्म संक्रमितमध्ये ४८५६ जनाको मृत्यु भएको छ ।