Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • प्रधानमन्त्रीले आज जनस्वास्थ्य विज्ञहरुसँग छलफल गर्दै


    शनिबार, जेष्ठ १ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्रीले  आज जनस्वास्थ्य विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको  छ।

    मुलुकभर कोभिड संक्रमणका विरामी तीव्ररुपले बढ्दै गएर महामारीको रुप लिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार जनस्वास्थ्यविद, कोभिड नियन्त्रणका लागि अग्रपङ्तिमा रहेर काम गर्ने व्यक्तित्व तथा निजी क्षेत्रका सरोकारवाला पक्षसँग सामुहिक छलफल गर्दै छन्। 

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे छलफल तय गरिएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिएका छन्। सरकारले कोभिड नियन्त्रण तथा रोकथामका लागि आफ्नो सबै ध्यान केन्द्रित गर्ने प्रधानमन्त्री ओलीले पदभार ग्रहणका क्रममा प्रतिवद्धता जनाउएका थिए।

    सोही प्रद्धिवद्धता अनुरुप प्रधानमन्त्रीले आज जनस्वास्थ्य विज्ञ तथा सरोकारवालासँग छलफलका आधारमा आवश्यक कार्ययोजना र कार्यनीति तय गर्ने तयारी भएको प्रेस विज्ञ बजगाईंले जानकारी दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार