Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रातो मच्छिन्द्रनाथको रथ तानिँदै


    शनिबार, जेष्ठ १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ललितपुर। वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ । हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनानुसार अपराह्न तानिँदै छ ।

    पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म मात्रै रथ तानेर विधि पु¥याइने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताउनुभयो ।साङ्केतिक रुपमा रथ बिहानको नित्य पूजा पछि हल्लाइने र अपराह्न तानिने मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताउनुभयो ।

    ललितपुर महानगरपालिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रयोग गरी सामाजिक दूरी कायम गराएर केही पर रथ तानिने पानेजु नरेन्द्र शाक्यले बताउनुभयो । मुलुकमा पहिलो लहरको कोरोना महामारी आउनुपूर्वको वर्ष आजका दिनमा लोकेश्वरको रथ तानेर गाःबहाल लगिने गरिन्थ्यो ।

    गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार