काठमाडौं। अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगमा प्राप्त हुने करिव ६ सय थान अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको हो ।
आज ओमानको राजधानी मस्कटका लागि नेपाल एयरलाइन्सको विमानले उडान गरेको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले जानकारी दिएका छन् । बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६ः४० मा नेपाल अवतरण हुने जनाइएको छ । यस्तै आजै साँझ नै नेपाल एयरलाइन्सले चीनको बेइजिङमाको लागि उडान भर्नेछ ।