काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल जारी छ । नेकपा एमालेको विवाद मिलाउने विषयमा अध्यक्ष ओली र नेता नेपालबीच सिंहदरबारमा छलफल भइरहेको हो ।
छलफलमा एमालेको ओली र नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरूको उपस्थित छ । वार्तामा माधवकुमार नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट छन् भने ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् ।