Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज प्रधानमन्त्रीले ‘गोदावरी सनराइज’को उद्घाटन गर्दै


    शुक्रबार, बैशाख ३१ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको गोदावरीस्थित  गोदावरी सनराइज हल (अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र ) को उद्घाटन गर्ने भएका छन् ।

    ओलीले पद तथा गोपनीयताको सपथ लिएपछि ललितपुरको गोदावरीस्थित ३ हजार क्षमताको मुख्य हलसहित निर्माण गरिएको अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्रको उद्घाटन गर्ने भएका छन्  ।

    कोरोना महामारीबीच धरहरा उद्घाटन गरेपछि ओलोचित भएका प्रधानमन्त्री ओली आज उद्घाटन गर्ने सभाहलमा एकैपटक तीन हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न सकिनेछ । यो मुलुककै पहिलो अत्याधुनिक भवन भएको सहरी विकास मन्त्रालयले जनाएको छ । सम्मेलन केन्द्रलाई ‘गोदावरी सनराइज’ नाम दिइएको छ ।

    सहरी विकास मन्त्रालयका सचिव डा। रमेशप्रसाद सिंहका अनुसार लगातार काम हुँदा सहज रुपमा यो कार्य सम्पन्न भएको बताउँदै आज द्घाटन हुने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले सम्मेलन केन्द्र विहान उदघाटन गर्ने तयारी रहेको भए पनि सपथको कारण दिउँसो चार बजेलाई सरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार