Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सम्पूर्ण ध्यान सत्ता राजनीतिबाट कोभिड-१९ नियन्त्रणमा केन्द्रीत गर्न सरकारलाई बाबुरामको आग्रह


    शुक्रबार, बैशाख ३१ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको केही समय देशको सम्पूर्ण ध्यान कोरोना नियन्त्रणमा केन्द्रीत हुनुपर्ने बताएका छन्।

    जनताको जीउज्यान रहे राजनीति हुदैगर्ला भन्दै पुर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत् यस्तो आग्रह गरेका हुन्।

    ट्वीटरमा उनले लेखेका छन्, ‘अब केही समय देशको सम्पूर्ण ध्यान सत्ता राजनीतिबाट कोभिड-१९ नियन्त्रणको अर्थ-राजनीतिमा केन्द्रित होऊॅ। तत्काल विभिन्न तहका सरकार र निजी क्षेत्रको संयोजनमा पर्याप्त अक्सिजन उत्पादन र वितरण, बेड र उपकरण, जनशक्ति, खोप आदि व्यवस्थापन युद्धस्तरमा गरौं ! जनताको जीउज्यान रहे राजनीति हुॅदैगर्ला!’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार