Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँकेमा कोरोनाको भयावह : थप ८ जनाको मृत्यु, मृतकको संख्या २२२ पुग्यो


    शुक्रबार, बैशाख ३१ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बाँके। जिल्लाका विभिन्न अस्पतालमा र होम आइसोलेसनमा गरेर  थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

    जसमा भेरी अस्पतालमा पाँच जना, दुई जना कोहलपुर मेडिकल कलेज र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले  जानकारी दिए।

    वलीका अनुसार खजुरा गाउँपालिका वडा नं १ का ६४ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो। 

    त्यस्तै, कैलाली लम्कीचुहाका ४० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। सल्यान कुमाख गाउँपालिकाका वडा नं १ का ६७ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ।

    बर्दिया मधुवन नगरपालिका वडा नं ६ का ५९ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। बैजनाथ गाउँपालिका वडा नं ६ का ३५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ।

    यसैगरी खजुरा गाउँपालिका वडा नं ३ का ७५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ का ६१ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नं २ का २८ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। 

    योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २२ जना पुगेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार