Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डोटीमा निषेधाज्ञा जेठ १५ गतेसम्म लम्बियो


    शुक्रबार, बैशाख ३१ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • डोटी।  जिल्लामा कोरोना सङ्क्रमणको दर दिनहुँ बढ्न थालेपछि यहाँको प्रशासनले लागू गरेको निषेधाज्ञा आगामी जेठ १५ गतेसम्म थप गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुनिल खनालले नयाँ खालको कोरोना भेरियन्टले दैनिक बिरामीको सङ्ख्या बढ्दै गएका कारण आफूहरूले लागू गरेको निषेधाज्ञा आगामी जेठ १५ गतेसम्म थप गरेको बताए । उनले भने, ‘कोरोना सङ्क्रमणदर दैनिक बढ्दै गएको छ, निषेधाज्ञा नगरे नियन्त्रण गर्न गाह्रो अवस्था आएकाले हामीले समय बढाएका हौँ ।’

    जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना प्रकाशित गरी निषेधाज्ञाको समयमा विवाह, व्रतबन्धजस्ता कार्यक्रम होटल वा पार्टीप्यालेसमा समेत गर्न नपाइने जनाएको छ ।  

    यसैगरी दैनिक अत्यावश्यक खाद्यान्नलगायतका सामग्री खरिद गर्नका लागि बिहान ९ बजेसम्म दिइएको समय भने एक घण्टा थप गरी १० बजेसम्म पसल खोल्न पाइने नियम बनाइएको छ । जिल्लामा हालसम्म कम्तीमा पनि ४२१ सक्रिय कोरोना सङ्क्रमित रहेका छन् भने कोरोनाका कारण पाँच जनाको ज्यान गइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार