Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विपक्षी गठबन्धनको कसरत व्यर्थ


    शुक्रबार, बैशाख ३१ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको प्रयास असफल भएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि वैकल्पिक सरकार बनाउन गरेको प्रयास असफल भएको हो। 

    यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ठूलो दलका नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त भएका छन्।

    राष्ट्रपति भण्डारीले बिहीबार बेलुका संविधानको धारा ७६ (३) बमोजिम एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

    प्रधानमन्त्री ओलीले आज शपथ लिने तय भएको छ।

    त्यससँगै ओलीले एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद् गठन गर्ने स्रोतले जनाएको छ। यस्तै ओलीले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई पनि सरकारमा आउन आग्रह गरेका छन्। ओलीले अब संविधानको धारा ७६ (४) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

    kp-oli-new-pm-nepal-photo_20210513163937.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार