काठमाडौं । सरकारले अर्को सूचना नभएसम्म आन्तरिक उडानमा लगाइएको रोकलाई कायमै राख्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको महामारी तिब्र रुपले बढेको भन्दै बिहीबार नागरिक उड्डयन प्राधिकारणले एक बिज्ञप्ति जारी गरी आन्तरिक उडान अर्को सूचना नभएसम्म बन्द गर्ने निर्णय गरेको हाे ।
कार्गो, उद्धार र विशेष उडानहरु भने निरन्तर हुने समेत प्राधिकरणले जनाएको छ ।
यसअघि सरकारले बैशाख मसान्तसम्म आन्तरिक उडानलाई रोक लगाउने निर्णय गरेको थियो ।
