Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अक्सिजन सिलिण्डर अभाव हुन नदिन पूर्वतयारी


    बिहिबार, बैशाख ३० २०७८
    970
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • हेटाैँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडासहित मकवानपुर जिल्लामा कोभिड–१९ का बिरामीलाई आवश्यक अक्सिजन सिलिण्डर अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालयले आवश्यक पूर्वतयारी थालेको छ ।

    जसका लागि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाट हेटाैँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सुपेन्द्र कार्कीको संयोजकत्वमा अक्सिजन व्यवस्थापन समिति गठन गरी व्यस्थापनको काम अघि बढाएको हो ।

    उक्त समितिमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत दिलीपकुमार श्रेष्ठ, हेटौँडास्थित तीनवटै अक्सिजन सप्लायर्सका प्रमुख सदस्य रहेका छन् । सो समितिले हेटाँैडा अस्पताललगायत जिल्लास्थित सबै स्वास्थ्य संस्थामा आवश्यक पर्ने अक्सिजनको आँकलन एवं नियमित आपूर्तिको व्यवस्था मिलाउने र सोको जानकारी दैनिकरूपमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई गराउने छ ।

    उक्त समितिले जिल्लाभित्र हेटौँडा अस्पताललगायत निजी स्वास्थ्य संस्थामा कोभिड–१९ को बिरामीको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन आवश्यक सरोकारवाला निकायसँग समन्वय गरी अक्सिजन व्यवस्थापन गर्ने छ ।

    जिल्लाभित्र कोभिड–१९ को सङ्क्रमणदर बढ्दै जाँदा आवश्यक स्वास्थ्यकर्मी र उपचारका निम्ति आवश्यक आइसीयू शय्या अभाव देखिएको हुँदा जिल्लाभित्र सञ्चालन रहेका औद्योगिक प्रतिष्ठानले उद्योग सङ्घ मकवानपुरसँग समवन्य गरी स्वास्थ्य पूर्वाधारहरु (भेन्टिलेटर, आइसीयू, एसडीयू, (शय्या तथा अक्सिजन सिलिण्डर) व्यवस्थापन सहजीकरण गर्न सबै उद्योग प्रतिष्ठानलाई अनुरोध गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार