Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठाकुरले बोलाए आफूनिकट सांसदको भेला, देउवालाई साथ दिन सक्ने संकेत !


    बिहिबार, बैशाख ३० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल सकाएलगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूनिकट सांसदहरूको भेला बोलाएका छन्।

    बबरमहलस्थित पार्टी कार्यालयमा ठाकुरले सांसदहरूलाई बोलाएका हुन्। 

    कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि ठाकुरले सांसदहरूसँग छलफल गर्न लागेका हुन्।

    देउवालाई भेट्न ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बुढानिलकण्ठ पुगेका थिए।

    छलफलमा नयाँ सरकारमा आफ्नो नेतृत्वका लागि दाबी पेश गर्दै गरेका कांग्रेसका सभापति देउवाले अध्यक्ष ठाकुरलाई आफूलाई साथ दिन आग्रह गरेको बताईएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार