Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पछिल्लो २४ घण्टामा भारतमा ४१ सयभन्दा बढी काेराेना संक्रमितको मृत्यु


    बिहिबार, बैशाख ३० २०७८
    580
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण ४ हजार १२० जनाको मृत्यु भएको छ ।

    भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा थप ३ लाख ६२ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ३७ लाख ३ हजार नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३१७ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ लाख १० हजार नाघेको छ ।

    पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा ४६ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् भने केरलामा नयाँ संक्रमितको संख्या ४३ हजारभन्दा बढी छ । त्यस्तै कर्नाटकमा पनि करिब ४० हजार नयाँ संक्रमित फेला परेका छन् ।

    भारतमा अहिलेसम्म १७ करोड ७२ लाख १४ हजार डोजभन्दा धेरै कोरोना खोप लगाइसकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार