बाँके । बाँकेका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका अनुसार मृतक मध्ये ६ जना बाँके, २/२ जना बर्दिया र दाङका छन् ।
भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगर-१ की ४३ वर्षीया महिलाको बुधबार र बाँकेकै नेपालगन्ज उपमहानगर १२ की २९ वर्षीया महिलाको बिहीबार मृत्यु भएको छ ।
यस्तै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत बाँकेकै बैजनाथ गाउँपालिका-६ का ६४ वर्षीय पुरूष, बाँकेकै डुडुवा गाउपालिका-३ की ५० वर्षीया महिलाको बिहीबार, बाँकेकै नरैनापुर गाउँपालिका-५ का ४२ वर्षीय पुरूष र नेपालगञ्गज उपमहानगरपालिका-१२ बाँकेकी ७६ वर्षीया महिलाको मृत्यु भएको केन्द्रले जानकारी दिएकाे छ ।
यस्तै भेरी अस्पतालमा उपचाररत राजापुर-६ बर्दियाकी ५६ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ।
यस्तै गुलरिया-8 बर्दियाकी ३२ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको छ ।
यस्तै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत तुलसीपुर उपमहानगरपालिका -५, दाङकी ३५ वर्षीया महिलाको र तुलसीपुर उपमहानगरपालिका-६, दाङकै ४३ वर्षीय पुरूषको बुधबार मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २१४ पुगेको छ भने अन्य जिल्ला बाहिरका १६३ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।