एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबल अन्तर्गत गएराती भएको खेलमा युभेन्ट्सले सहज जित हाँसिल गरेको छ।
उपाधी जित्नबाट बन्चित भएको.युभेन्ट्सले सासोउलोलाई ३-१ गोल अन्तरले पराजित गर्दै सहज जित हाँसिल गरेको हो।
युभेन्ट्सलाई जित दिलाउन एड्रिन राबिओट, क्रिस्टियानो रोनाल्डो र पाउलो डिबलाले क्रमश:खेलको २८, ४५ र ६६ औं मिनेटमा समान एक-एक गोल गरे ।
सासोउलोका लागि खेलको ५९ औं मिनेटमा गियाकोमाले गोल गर्दै सासोउलोलाई २-१ को स्थितिमा ल्याएका थिए ।
जितसँगै युभेन्ट्सले ३६ खेलमा ७२ अंक जोडेको छ । युभेन्ट्स पाँचौं स्थानमा रहेको छ ।