Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणबाट लिम्बुको मृत्यु


    बिहिबार, बैशाख ३० २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा।  मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी एक व्यक्तिले ज्यान गुमाएका छन् । 

    आज बिहान जिल्लाको कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूले जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका हुन्। 

    जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार लिम्बुलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो । जङ्गली हात्तीको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो । 

    बिहान मर्निङवाकमा निस्किएका लिम्बूलाई २१ नम्बर वाहिनी अड्डाको पश्चिमतर्फको जङ्गलको भित्री बाटोमा हिँड्दै गर्दा हात्तीले आक्रमण गरेको डीएसपी थापाले बताए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार