काठमाडौँ । काठमाडौँस्थित देशकै पुरानो वीर अस्पतालमा नयाँ सर्जिकल भवन तयारी भएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीरमा १५० शैयाको सर्जिकल भवन तयारी भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार अबको केही दिनमै नयाँ भवनमा संचालन ल्याउने तयारी भएको छ। उक्त शैया संचालनमा आएपछि बिरामीहरुलाई केही सहज र सुविधा हुने अस्पतालको भनाइ छ।
तर, पछिल्ला दिनहरुमा देशका प्राय सबै अस्पतालहरुमा मेडिकल अक्सिजनको चरम अभाव भैरहेको बेला वीर अस्पतालले पनि अक्सिजन र जनशक्तिको अभाव भएको भन्दै सबै नागरिकहरुलाई सहयोग गर्न आग्रह समेत गरेको छ।
