Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • नयाँ बिरामी भर्ना लिन असमर्थ छाैं: मनमोहन अस्पताल


    बुधबार, बैशाख २९ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्वयम्भूको मनमोहन मेमोरियल अस्पतालले बुधबार विज्ञप्ति निकालेर अक्सिजनको मौज्दात केही घण्टाका लागि मात्र रहेको भन्दै नयाँ बिरामी भर्ना नलिने बताएको छ ।

    अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो ।

    ‘हाल परिस्थितिमा अस्पतालमा बेडको समस्या नभए पनि अक्सिजनको आपूर्तिमा आएको समस्याले गर्दा मौज्दात अक्सिजन केही घण्टाभन्दा बढी नरहेकाले कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै नयाँ बिरामी भर्ना लिन नसकिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’ अस्पताल प्रशासनले विज्ञप्तिमा भनेको छ ।

    अक्सिजनको अभावले सेवा प्रवाह गर्न कठिनाइ भएको भन्दै अस्पतालले बिरामीसँग क्षमासमेत मागेको छ । अक्सिजनको मात्रा आवश्यकताअनुसार प्राप्त भएसँगै थप बिरामीको भर्ना गरिने अस्पताल स्राेतकाे भनाइ छ ।

    कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढेपछि अहिले अक्सिजनसहित उपचार आवश्यक पर्ने बिरामीको संख्या धेरै बढेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार