Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युवासंघद्वारा नि:शुल्क एम्बुलेन्स सेवा सुरु


    बुधबार, बैशाख २९ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले बाँके जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ ।

    नेपालगन्जमा मंगलबार युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले एम्बुलेन्सको चाबी संघका बाँके जिल्ला अध्यक्ष कुस्माखर बस्याललाई हस्तान्तरण गर्दै कोरोना संक्रमित बिरामीका लागि एम्बुलेन्स सेवाको सुरुवात गरेका छन् ।

    सो एम्बुलेन्स प्रदेशभरी कोरोना संक्रमित विरामीका लागि २४ सै घण्टा निःशुल्क उपलब्ध गराउँने संघका लुम्बिनी प्रदेश कमिटीका अध्ययष थापाले बताए । बाँके कोरोना संक्रमणको दोस्रो लहरमा जुधिरहेको अवस्थामा युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँकेले एम्बुलेन्स संचालमा ल्याएको हो ।

    नेकपा एमालेका युवा नेता तथा युवा संघ नेपालका महासचिव दिपक जिएम, केन्द्रिय प्रकाशन बिभागका उपप्रमुख बिजय लामा, युथ फोर्स बिभागका शिब श्रेष्ठ, केन्द्रीय सदस्य काजी लामा र छितिज लामाले नेकपा बाँके जिल्ला अध्यक्ष अशोक कोईराला, जिल्ला कमिटी सदस्य अब्दुल हुसेन खाँ, प्रेम सुवेदी लगाएतका नेताहरुको उपस्थितिमा एम्बुलेन्स सेवा शुभारम्भ गर्नुका साथै एक सय थान पीपीइ, पाँच हजार थान माक्स लगायतको स्वास्थ्य सामाग्रीहरु समेत हस्तान्तरण गरिएको छ ।

    यसैबीच आज एमाले बाँकेका नेता अब्दुलहुसेन खान, मन्जु कोइरालाले युवा संघका जिल्ला सचिव सुनिल रसाइली र खजुरा पालिकाका अध्यक्ष विकाश काउचालाई पीपीइ सेट हस्तान्तरण गरेका छन् । संघका महासचिव जिएम, केन्द्रीय सदस्य रत्ना गिरी लगायतको बिशेष सहभागिता रहेको थियो ।

    कोरोना भाइरस संक्रमितको संख्या बढदै गइरहेको अवस्थामा युवा संघ नेपालले देशैभरी स्वयंसेवक परिचालन गरेर सहयोग गरिरहेको छ । देशैभरी कोरोना भाइरसबाट संक्रमित, मृत्यु हुनेको संख्या बढिरहेको तथा लकडाउनका कारण पीडितहरुको उद्धार, व्यवस्थापन एवं सहयोग गर्ने काम ती स्वयंम्सेवकहरुले देशैभरी गरिरहेको संघका उपमहासचिव एवं प्रवक्ता संजिप राईले बताए ।

    कोभिड १९ को समस्या, समन्वय र सहयोगका सम्बन्धमा संघका तर्फबाट आवश्यक समन्वय एवं संयोजन गर्नका लागि संघका उपाध्यक्ष नितेश पौडेलको संयोजकत्वमा केन्द्रीय स्तरमा गठन भएको समितिले संयोजन गर्ने काम गरिरहेको छ । समितिले आवश्यक योजनाहरुको तय, कार्यान्वयन एवं विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।

    कोरोना तथा लकडाउनका कारण देशैभरी बिभिन्न समस्यामा रहेकाहरुको उद्धार, व्यवस्थापन, सहयोग लगायतका काम युवा संघले जारी नै राख्ने संघका सचिवालय सदस्य सुभाष साहले बताए । अहिले देशैभरी कोरोना भाइरस तथा लकडाउनका कारण धेरै मान्छे पीडामा रहेकाले उनीहरुलाई सक्दो सहयोग गर्नु आफूहरुको दायित्व रहेको स्वयंसेवकहरु बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार