Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • खाडीमा रहेका नेपालीले ६ सय अक्सिजन सिलिण्डर नेपाल पठाउँदै


    बुधबार, बैशाख २९ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । गैरआवासीय नेपाली संघले ओमनबाट ६०० वटा अक्सिजन सिलिन्डर आइतबारसम्म नेपाल पठाउने भएको छ ।

    अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भइरहेका बलो संघले सिलिन्डर पठाउने भएको हो ।

    मस्कटस्थित गैरआवासीय नेपाली सोसल क्लव (एनआरएन)का अध्यक्ष विकल झाका अनुसार सिलिन्डरको खरिद प्रक्रिया सुरु भइसकेको छ । 

    सिलिन्डरका लागि झन्डै ७५ लाख रुपैयाँ पर्ने उनले बताए । ‘खाडी क्षेत्रमा रहेका एनआरएनले आवश्यक रकम जुटाउने काम भइरहेको छ । नपुग रकम भने एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समितिले उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने ।

    खरिद भएको सिलिन्डरलाई नेपाल पठाउनको लागि ओमनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गर्ने उनले वताए । दूतावासले नै आवश्यक प्रक्रिया पूरा गरी नेपाल पठाउनेछ,’ उनले भने ।

    ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले अक्सिजन सिलिन्डर पठाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत नेपाल एयरलाइन्ससँग समन्वय भइरहेको बताइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार