Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्‍यमा गिरावट, तोलाको कति ?


    बुधबार, बैशाख २९ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

    देशका अधिकांश सहरमा निषेधाज्ञा भएका कारण सुनको कारोबार भने ठप्प रहेको महासंघले जनाएको छ ।

    मंगलबार ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य आज ९२ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्‍य ९१ हजार पाँच सय रुपैयाँमा झरेको छ ।

    चाँदीको मूल्‍य भने प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा स्थिर छ । 

    सामान्य अवस्थामा देशभर दैनिक ३५ किलो सुनको कारोबार हुने गर्दथ्यो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार