Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पछिल्लो २४ घण्टामा भारतमा ४,२०५ को मृत्यु


    बुधबार, बैशाख २९ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाै । कोरोना संक्रमणको दोस्रो लहरका बीच भारतमा लगातार दोस्रो दिन नयाँ संक्रमितभन्दा निको हुने बिरामीको संख्या धेरै छ।

    मंगलबार ३ लाख ४८ हजार ३८९ संक्रमितको पहिचान भएको छ र ३ लाख ५५ हजार २५६ संक्रमित निको भएका छन् । यसअघि सोमबार ३ लाख २९ हजार ४९१ संक्रमित भेटिएका थिए र ३ लाख ५५ हजार ९३० बिरामी निको भएका थिए ।

    मृत्युको आँकडा पनि चिन्ता बढाउने किसिमको छ । पछिल्लो २४ घण्टामा ४,२०५ संक्रमितको ज्यान गएको बीबीसी हिन्दीले जानकारी दिएको छ । लगतार तेस्रो पटक मृतकको संख्या ४ हजार पार भएको छ । यसअघि ७ मे मा ४,२३३ र ८ मेमा ४,०९२ मानिसहरुले यो महामारीमा ज्यान गुमाएका थिए । पछिल्लो दुई दिनमा पनि सक्रिय संक्रमित पनि करिब ४२ हजार घटेको छ । ९ मे मा सबैभन्दा धेरै ३७.४१ लाख बिरामीको उपचार चलिरहेको थियो । अब यो आँकडा घटेर ३६.९९ लाख भएको छ ।

    भारतमा कोरोना महामारी आँकडामाः

    पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः ३.४८ लाख

    पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,१९८

    पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.५५ लाख

    हालसम्म कूल संक्रमित भइसकेकाः २.३३ करोड

    हालसम्म निको भएकाः १.९३ करोड

    हालसम्म कूल मृत्युः २.५४ लाख

    हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३६.९९ लाख

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार