Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेराेना कहर: वागमतीमा एकैदिन ३४ जनाको मृत्यु


    बुधबार, बैशाख २९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडैं । कोरोना संक्रमणका कारण एकैदिनमा वागमती प्रदेशका ३४ जनाको मृत्यु भएको छ ।

    प्रदेशका १३ मध्ये ९ जिल्लाका ३४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।

    मृत्यु हुनेमा सबै भन्दाबढी काठमाडौंमा १८ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार ललितपुरका ४ जना, भक्तपुरका ३ जना, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः २÷२ जनाको मृत्यु भएको छ । त्यस्तै रसुवा, रामेछाप र सिन्धुपाल्चोकका १÷१ जनाको मृत्यु भएको छ । योसँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६५३ जना पुगेको छ ।

    बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा ४ हजार ६५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    संक्रमण पुष्टि हुनेमा काठमाडौैका २ हजार ७८८ जना, ललितपुरका ६०२ जना, भक्तपुरका ५३७ जना, रसुवाका १ जना, नुवाकोटका ७३ जना, धादिङका ११५ जना, चितवनका १२४ जना, सिन्धुलीका ४७ जना, मकवानपुरका ११६ जना, रामेछाप २४ जना, दोलखाका १५ जना, काभ्रे १५५ जना र सिन्धुपाल्चोकका ५८ जना छन् ।

    बागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या ५३ हजार ३७५ जना छन् । संक्रमितमध्ये संस्थागत आइसोलेसनमा २ हजार ४८१ जना, विभिन्न अस्पतालले संचालन गरेको एचडियूमा ३७८ जना, आइसीयूमा ६९८ जना, भेन्टिलेटरमा २२० जना उपचाररत रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार