Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिद्वारा नर्सको उच्च प्रशंसा


    बुधबार, बैशाख २९ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको प्रशंसा गरेकी छन् ।

    भण्डारीले बुधबार अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा ट्वीट मार्फत् शुभकामना दिँदै प्रशंसा गरेकी हुन् ।

    “विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, उनले ट्वीटमा भनेकी छन् ।

    बुधबार नेपाल सहित विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘नर्स: नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ यो वर्षको नर्स दिवस मनाइँदै छ । हरेक मे १२को दिन आधुनिक नर्सिङ आन्दोलनकी जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलको जन्मजयन्तीको अवसरमा विश्वभर नर्स दिवस मनाउने गरिन्छ ।

     
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार