काठमाडौं। सरकारले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ७२ पुगेको छ।
निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको संख्या अब पाँच मात्रै छ। नेपालका ७७ वटा जिल्ला मध्ये मनाङ, मुस्ताङ, खोटाङ, रुकुम पुर्व र तेह्रथुम गरी ५ वटा जिल्लामा मात्र निषेधाज्ञा लागु भएको छैन्।
मन्त्रिपरिषद्को निर्णयानुसार कोरोना भाइरस संक्रमणको जोखिम मूल्याङ्कन गरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्छन् । मन्त्रालयका अनुसार निषेधाज्ञा घोषणा गरिएका ७२ जिल्लामध्ये ६५ जिल्लामा पूर्ण (जिल्लाभर) र सात जिल्लामा आंशिक मात्रै लागू गरिएको छ।
हेर्नुहोस् निषेधाज्ञा जारी भएका जिल्लाहरुको सूची :