Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मध्यपुर अस्पतालले पनि अब बिरामी भर्ना नलिने


    बुधबार, बैशाख २९ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। भक्तपुरको मध्यपुरठिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ ।

    अस्पतालका निर्देशक डा रवीना प्रधानाङ्गले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाईन ।

    अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको विज्ञप्तिमा उल्लेख छ। 

    अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि अक्सिजन नहुँदा कठिनाइ आएको अस्पतालले बताएको छ। 

    यसअघि ललितपुरको मेडिसिटी अस्पतालले पनि सोही कारण देखाउदैं कोरोनाका नयाँ विरामी भर्ना लिन नसक्ने जनाएको थियो।

    madhyapurhospital-1152021041438-1000x0.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार