Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजारमा हरियाली, कारोबार रकम ६ अर्ब नजिक


    मंगलबार, बैशाख २८ २०७८
    3.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दा सेयर बजार हरियाली देखिएको छ ।

    नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २ हजार ६ सय ७३ दशमलव ३१ अंकमा पुगेको छ ।  ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १२ अंकले बढेको छ ।

    कारोबार रकम पनि करिब ६ अर्ब रुपैयाँ पुगेको छ । दिनभर भएका६२ हजार ६५९ कारोबारबाट २२० कम्पनीका १ करोड ८ लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार रुपैयाँ पुगेको हो ।

    नेप्सेमा कारोबार हुने सबै समूहका सबइन्डेक्सहरु बढेर हरियो देखिएका छन् । सबैभन्दा धेरै व्यापार समूहको इन्डेक्स ५ दशमलव ७९ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूहको सबइन्डेक्स २ प्रतिशत धेरैले बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार