Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारलाई सर्वोच्चको आदेश, अक्सिजन र अस्पतालको सहज व्यवस्था गर्नु


    मंगलबार, बैशाख २८ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन र साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

    न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन र बिरामीको चाप अनुसार अस्पतालमा जनशक्ति आपूर्ति गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरिएको हो ।

    अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले नगरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने हुनाले अक्सिजन, औषधी, अस्पताल र जनशक्ति व्यवस्थापनका लागि सरोकारवालाको प्रतिनिधित्व हुने गरी एउटा कार्यसमिति बनाउन पनि आदेश दिएको छ ।

    हेर्नुहोस् सर्वोच्चको आदेश

    1-4.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार