Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय


    मंगलबार, बैशाख २८ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

    त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको छ ।

    बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने बस्नेतले बताएकाे छ ।

    त्यस्तै,उपत्यकामा विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय भएकाे छ ।

    ९ बजेसम्म मात्र खोल्न दिँदा भीडभाड बढेको हुनाले १० बजेसम्म खोल्न दिने निर्णय गरेका स्राेतले  बताएकाे छ । वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा पहिलोपटक वैशाख २९ सम्म थपिएको थियो ।

     
     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार