Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • बुढानिलकण्ठमा देउवा र प्रचण्डबीच भेटवार्ता


    मंगलबार, बैशाख २८ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढानिलकण्ठबाट निस्केका छन्।

    राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार बनाउन दलहरूलाई आग्रह गरेपछि मंगलबार दिउँसो प्रचण्ड देउवालाई भेट्न पुगेका हुन्।

    देउवा र प्रचण्डबीच भेटवार्ताका के कुराभयाे भन्ने खुलाइएकाे छैन । देउवाले आजै पार्टी पदाधिकारी बैठक पनि राखेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार