Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फाइजरको खोप १२–१५ वर्ष उमेर समूहका मानिसलाई लगाउन अनुमति


    मंगलबार, बैशाख २८ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अमेरिकी खोप निर्माता फाइजरले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १२ देखि १५ वर्ष उमेर समूहका मानिसका मानिसहरुलाई लागि प्रयोगको अनुमति पाएको छ ।

    अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी नियामकले १२–१५ उमेर समूहका बालबालिकाहरुमा फाइजरको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो । सो उमेर समूहका २ हजार २६० बालबालिकामा गरिएको क्लिनिकल परीक्षणमा यो खाप प्रभावकारी र सुरक्षित पनि देखिएको थियो ।

    यो उमेर समूहका बालबालिकालाई प्रयोगको अनुमति पाउने यो पहिलो खोप हो । आगामी बिहीबारदेखि अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई यो खोप दिन सुरु हुन सक्ने समाचारमा उल्लेख छ । अमेरिकाको यो निर्णयले आगामी दिनमा कोरोना संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने र सामान्यरुपमा विद्यालय सञ्चालन हुन सक्ने अपेक्षा गरिएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले युवा तथा किशोरहरुलाई छिटोभन्दा छिटो कोरोना खोप उपलब्ध गराउन निर्देशन दिइसकेका छन् । अहिले अमेरिकामा १६ वर्षभन्दा माथि उमेर समूहका मानिसलाई कोरोना खोप उपलब्ध छ । अहिलेसम्म अमेरिकामा करिब २६ करोड डोज कोरोना खोप दिइएको छ ।

    एजेन्सी

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार