Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि निषेधाज्ञा अवधिभरि कालिमाटी तरकारी बजार बन्द हुने


    मंगलबार, बैशाख २८ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले कालिमाटी फलफूल तथा तरकारी बजार बन्द गर्ने भएकाे छ । 

    समितिले निकालेको सूचना अनुसार  जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि ती बजार बन्द गरिने भएको हाे। 

    ‘कृषक बजार मंगलबारदेखि पूर्ण रूपमा बन्द गरिने छ। खुद्रा बजार बिहीबारदेखि बन्द हुने छ। थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार भने बुधबारदेखि बन्द हुने छ,’ समितद्वारा जारी सूचनामा भनिएको छ।’ 

    थोक बजारमा प्याकेजिङ गरेर भने बिक्री वितरण गर्न पाइने छ। थोक पसलमा अधिकतम २ जना बसी सामाजिक दुरी कायम गरेर बिक्री वितरण गर्न आग्रह गरिहेको छ। 

    ठूला कृषकहरूले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड वा होल्डिङ यार्डमा कारोबार गर्न सक्नेछन्।  

    055525616185121715_1420129128321134_4955637178707345779_n.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार