बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक-एक जना छन् । १२ जना मध्ये ११ जना पुरुष र एकजना महिला हुन् ।
उनीहरु मध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म,४ जनाको सोमबबार दिउसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउसो मृत्यु भएको अस्पताल स्राेतले जानकारी दिएकाे छ ।
२४ गते र २६ गते मृत्यु भएका संक्रमितको शब व्यवस्थापन नभएकाले मंगलबार मात्र जानकारीमा आएको डा. गौतमले बताए ।